मास्क नलगाउने ४१९ जना प्रहरीको कारबाहीमा

काभ्रेपलाञ्चोक, २६ असार । मास्क नलगाउने ४१९ लाई आज सामान्य कार्वाही गरिएको छ । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छाडिएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले आज मास्क नलगाई काभ्रेपलाञ्चोकको विभिन्न सार्वजनिक स्थलमा हिड्ने २३९ पुरुष र १८० महिलालाई नियन्त्रणमा लिई प्रहरीद्वारा सम्झाइबुझाई छाडिएको जनाएको छ । पोष्ट संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने तथा वित्तीय संस्था एवं व्यापारिक संस्थामा सामाजिक दूरी कायम भए नभएकोबारे अनुगमन भइरहेको बताए ।

यसैबीच, आज काभ्रेपलाञ्चोकका चार पुरुष र दुई महिलामा कोरोना भाइरस पुष्टी भएको पोष्टले जनाएको छ । यसअघि जिल्लाका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । तीमध्ये सात उपचारपछि घर फर्किएका छन् । पोष्टका अनुसार हाल विभिन्न स्थानीय तहका क्वारेन्टिनमा विदेशबाट आएका १४२ तथा आइसोलेसनमा दुई जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board