नेपालमा थप ११८ जनामा कोरोना, संक्रमितको संख्या १६,६४९ पुग्यो

काठमाडौं, २६ असार । नेपालमा शुक्रबार थप कोरोनाभाइरसका १ सय १८ जनामा नयाँ संक्रमित देखा परेका छन् । भने, शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो। देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्।

पछिल्लो २४ घण्टामा १२० डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति