चल्ने भयो सार्वजनिक यातायात, यस्ता छन् मापदण्ड

काठमाडौं, २५ असार । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । आज छोटो दूरीमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

आउँदो शुक्रबारदेखि कोभिड-१९ सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गर्दै सवारी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।

निर्णय अनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् । ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने खतिवडाले बताए ।

उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए। निजी सवारी साधन मोटरसाइकलसमेत जोररबिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ।

काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने भएको छ । सार्वजनिक यातायातले ५० प्रतिशत बढी भाडा लिन पाउने छन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा मानिसहरु कार्यस्थल फर्कन पाएका छैनन् ।

ट्याक्सी सञ्चालन गर्न दिने
उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णययसँगै ट्याक्सी पनि चल्ने दिने निर्णय भएको बताए ।

निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति