सिन्धुपाल्चोकमा बाढीको बितण्डा, उद्धारमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ, २५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन् ।

सभापति देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् । आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति