Nepal Page

२५ असार २०७७, बिहिबार


मौसममा : वर्षकै धेरै पानी पर्ने अनुमान , गृहमन्त्रालयले नै निकाल्यो पूर्वसुचना

काठमाडौं, २५ असार । देशभर पछिल्लो समय बाढी पहिरो डुबानका घटनाहरु बढ्दै गइरहेका छन् । मनसुनी वर्षाका कारण देशभर नै मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यसबीच बिहीवार वर्षकै धेरै पानी पर्ने सम्भावना रहेको छ । मुख्य रुपमा प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म नै चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ। लामो वर्षाले पहाडी भेगको भू–भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने गृहमन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदी नालामा बाढी आउने हुँदा सचेत रहन आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा, पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ। विज्ञप्तिमा भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति