Nepal Page

२५ असार २०७७, बिहिबार


रूसमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

काठमाडौं, २५ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १७३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ६६७ पुगेको हो ।एकै दिन ६ हजार ५६२ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७९२ पुगेको छ ।
२ लाख १७ हजार ६१४ जनाको उपचार भइरहेको छ भने ४ लाख ७२ हजार ५११ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति