ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं, २४ असार । सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज पनि दुई अध्यक्षबीच छलफल हुँदैछ । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति