निर्धारित समय भन्दा एक वर्ष पहिले नै मोटरेवल पुल निर्माण

डडेल्धुरा, २४ असार । डडेल्धुरामा एउटा मोटरेवल पक्की पुल निर्माणकार्य निर्धारित समय भन्दा एक वर्ष पहिले नै सम्पन्न भएको छ । जिल्लाको भित्रिमधेश क्षेत्र जोड्ने बुडर–जोगबुडा सडक खण्डको आलिताल गाउँपालिकाको वाग्खोली खोलामा पुल निर्माण काम निर्धारित समय अगाडि नै सम्पन्न गरिएको छ ।

विसं २०७६ असार महिनामा ठेक्का सम्झौता भई २०७८ जेठ महिनामा निर्माणको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको कम्पनी रसुवा कन्ट्रक्सन जेभी जयविष्ण काठमाडौँले वर्षदिन अगाडि नै काम सम्पन्न गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुदर्शन कार्कीले बताए ।

डिभिजन सडक कार्यालय कुलपाते डोटीको रु ६ करोड ४२ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त पक्की मोटरेवल पुलको लम्बाइ ६२ दशमलब ९५ मिटर रहेको छ । ‘प्रिस्टेज’ प्रविधिमा निर्माण भएको पुलको चौडाइ ११ मिटर छ ।

उक्त पक्की मोटरेवल पुल निर्माण भएसँगै बुडर–जोगबुडा सडकमा यातायात सञ्चालनका साथै स्थानीयवासीलाई खोला, बाढी आएको समयमा पनि आवतजावतका लागि सहज भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति