Nepal Page

२१ असार २०७७, आइतबार


प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकियो

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ।

१२ बजे बालुवाटार प्रवेश गरेका प्रचण्ड ओलीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिएका छन्। प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो। रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले बैठकमा सहजीकरण गरेका थिए। ओलीलाई भेट्नुअघि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर पार्टी फुटाउने किसिमले कुनै पनि अध्यादेश नल्याउन सचेत गराएका थिए।

नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको छ । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।

स्रोतले भन्यो, दुई अध्यक्ष र ईश्वर कमरेड बाहेक वार्तामा सहभागी दुई–दुईजनाले आज दिनभर र भोलिसम्म गृहकार्य गर्नुहुन्छ । सहमतिको कुनै विन्दू निस्कन सक्छ भनेरै उहाँहरुलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको छ । र, भोलि विहान दुई अध्यक्षबीच त्यही आधारमा वार्ता हुन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति