5 July, 2020 12:14 pm


तीन पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने – महाअभियोग बद्नाम प्रपोगण्डा

काठमाडौँ २१ अससार— नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटका छन् ।

तीन पूर्वप्रधानमन्त्री सहित नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई भेटेर राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने प्रचारवाजी आफूहरुलालई बद्नाम गर्ने प्रपोगण्डा मात्र भएको स्पष्ट गरेका छन् । भेटमा नेताहरुले राष्ट्रपतिलाई अपुष्ट र अनाधिकारिक रुपमा आउने सूचनाबाट संशकित नहुन ससुझाव दिएको भेटमा सहभागी एक नेताले बताए ।

नेकपाभित्र विवाद बढ्दै जांदा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए । प्रधानमन्त्रीले मन्त्रीहरुलाई व्रिफिंग गर्नु अघि राष्ट्रपतिलाई भेटेका थिए ।


प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएको विषयले राजनीतिक बातावरणलाई झन विथोल्ने काम गरेको समेत नेताहरुले राष्ट्रपतिलाई बताएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board