Nepal Page

२१ असार २०७७, आइतबार


अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शितल निवासमा


काठमाडौं, २१ असार । नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ ।

प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास जानुभएको हो । प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले (जुगल)ले जनाकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको रहेको एक स्रोतले जनकारी दिएको छ। अध्यक्ष प्रचण्ड शीतल निवास राष्टपति संगको भेट सकिएपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग भेटगर्ने कार्यक्रम रहेको सापकोटाले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति