Nepal Page

१९ असार २०७७, शुक्रबार


कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु


काठमाडौं, १९ असार । भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ।

प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।
बिहीबार राति करिब एक बजेतिर आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ प्रहरी मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीहरु लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन बिकरू भन्ने गाउँमा जादा उनीहरूमाथी एउटा घरको छतबाट गोली हानिएको बताइएको छ ।

प्रहरीले प्रतिरक्षामा गोली चलाउँदा दुवे समूहका तीन सदस्यसमेत मारिएको छ । उक्त आक्रमणपछि अभियुक्त दुवे र उनको समूह प्रहरीको हतियारसमेत लुटेर फरार भएको छ ।।

को हुन् विकास दुवे ?

विकास दुवे उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके रहेको प्रहरीले जनाएको छ । उनले सन २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका थिए।विकासविरुद्ध ६० भन्दा धेरै मुद्दा छन् । उनी प्रधान र जिल्ला पञ्चायत सदस्य पनि बनेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति