Nepal Page

१९ असार २०७७, शुक्रबार


पहिरो परि गुल्मीमा दुई जना बेपत्ता

गुल्मी, १९ असार । गुल्मीमा बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताउनुभयो ।पहिरोमा परी वेपत्ता भएकी बालिकाको हजुरबुवा ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।

गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति