Nepal Page

१८ असार २०७७, बिहिबार


संसद अन्त्यको घोषणा लगत्तै प्रचण्ड शीतल निवासमा

काठमाडौं १८ असार, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संक्षिप्त भेटवार्ता सकारात्मक नभएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । जबाफमा ओलीले तपाईंहरुले सकेको तपाईहरु गर्नुस् मैले मेरो बाटो लिएँ भनेपछि प्रचण्ड राष्ट्रपति भेट्न गएका हुन् । ओलीले प्रचण्डलाई राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन लागेको संकेत दिएको बताइएको छ ।

तर प्रचण्डसंगको भेटमा जवाफमा ओलीले दुई तीन दिन त केही हुन्न’ भने पनि अ‍ोली राजनीति दल विभाजनसम्वन्धी अध्यादेश ल्याउने वा संकटकाल लगाएर केही समय सत्ता लम्ब्याउन लागेको नेताहरुको आंकलन छ । ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको नेता देवेन्द्र पौडेलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति