Nepal Page

१८ असार २०७७, बिहिबार


प्रधानमन्त्री शीतल निवासमा : मन्त्रिपरिषद् बैठकपछि मात्र स्थायी कमिटी बैठक

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे सुरु हुने भनिएको स्थायी कमिटी बैठक मन्त्रिपरिषद् बैठकपछि मात्र सुरु हुने भएको छ।

दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएकाले सो बैठक सकिएपछि मात्र स्थायी कमिटी बैठक सुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान ११ बजेको निर्धारित समयभन्दा केही समय अगावै अध्यक्ष प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका थिए। ययसरी प्रधानमन्त्री सक्रिय हुनुलाई विशेष रुपमा हेरिएको । ओलीलाई आफ्नै दल भित्रबाट प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दवाव बढेपछि उनिले झम्सीखेल भेलाले आशंका गरेको नीति त अख्तियार गदैनन् भनेहरुको संख्या नेकपा भित्र ठुलो मात्रमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति