Nepal Page

१७ असार २०७७, बुधबार


इरानको क्लिनिकमा ग्यास विष्फोट हुँदा १९ जनाको मृत्यु

काठमाडौं, १७ असार । इरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय माध्यमले उक्त विष्फोटमा परी दर्जनौं घाइते भएको उल्लेख गरेका छन् ।
राजधानी तेहरानमा रहेको सिना अतहर क्लिनिकमा ग्यास लिक हुँदा विष्फोट हुन पुगेको थियो । विष्फोटमा परी १५ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

दमकलहरुले आगो निभाउने प्रयास गरेको भिडियो मिडियाले प्रसारण गरेका थिए । केही समयअघि पनि ग्यास लिक हुँदा एक सैनिक इलाकामा विष्फोट भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति