Nepal Page

१६ असार २०७७, मंगलबार


निर्वाचन आयोगमा एमाले पार्टी दर्ताका लागि निवेदन, कस्ले किन दियो – अध्यक्ष प्रचण्ड

काठमाडौँ, १६ असार । नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा नेकपा बैठकमा छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले यो पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने। अध्यक्षको प्रचण्डको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले म यही पार्टीको अध्यक्ष हुँ, मेरो पार्टी यही होु भन्ने जवाफ दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति