बिहान चाडै उठ्ने बानी कसरी बसाउने ? अनी भईन्छ स्वस्थ, बुद्धिमान र धनी भइन्छ !

के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन प्राप्त हुन्छ ? जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् तर, कसरी त्यस्तो पनि हुन्छ ? बिहान चाडै उठ्ने बानी कसरी बसाउने ?

अष्ट्रेलियकाका पर्थ युनिभर्सिटीका प्रोफेसर मार्टिन हैगर भन्छन्, ‘तपाईंको दैनिक तालिका तपाईंको बानीमा निर्भर गर्छ ।’ मान्छेले आफ्नो बानीलाई कसरी काबुमा राख्न सक्छन् भन्ने विषयमा उनले खोज÷अध्ययन गरिरहेका छन् । यसबाट उनले के थाहा पाएका छन् भने, यसका लागि मान्छेले प्रतिबद्ध भएर आफ्नो दैनिक तालिका तय गर्नुपर्नेछ । राती चाडै सुत्ने र बिहान चाडै उठ्नका लागि उनले सोही तालिका अनुरसण गर्नुपर्छ । यसरी बिहान चाडै उठेर मान्छेले आफ्नो व्यक्तिगत एवं महत्वपूर्ण काम पुरा गर्न सक्छन् ।

मार्टिन हैगरले आफैमाथि यस्तो प्रयोग गरेका छन् । उनी बिहान ६ बजेअघि नै उठ्छन् । बिहान उठेर आफ्नो काम गर्छन् । स्वस्थ्यकर नास्ता खान्छन् । ७ बजेपछि उनी अफिस जान्छन् ।

यदि बिहानको काम साँझमा गर्छु भनेर बाँकी राख्ने हो भने साँझमा शरीर एकदमै थकित भइसकेको हुन्छ । उनी सुत्नुअघि नै बिहानको तयारी गर्छन् । अर्लाम लगाउँछन् । र, सुत्छन् ।

तर, बिहान उठ्नका लागि खास नियम छैन । जानकार भन्छन्, आफ्नो दिनचर्या कुन समय सुरु गर्ने हो यो तपाईंमा भर पर्ने कुरा हो । हरेक मान्छेको अलग कार्यतालिका हुन्छ, अलग लक्ष्य हुन्छ र अलग जीवनशैली हुन्छ ।

महत्वपूर्ण कुरा त के भने तपाईंले आफ्ना लागि बिहानको समय कसरी निकाल्नुहुन्छ भन्ने हो । यदि तपाईंलाई बिहान उठ्न गाह्रो हुन्छ भने दैनिक थोरै समय अघिको अर्लाम लगाउनुहोस् । क्रमस बिहान चाडै उठ्ने बानी बस्छ ।

‘ह्वाट द मोस्ट सक्सेसफुल पीपुल डू बिफोर ब्रेकफास्ट’ नामको पुस्तक लेखक लाउरा भान्देरकाम भन्छिन्, ‘बिहानको समय नितान्त तपाईंको आफ्नो हुन्छ । कसैले पनि यो आफ्नो समय गुमाउन चाहँदैन । तपाईं दोस्रो जिम्मेवारीलाई अर्को समयमा पनि पुरा गर्न सक्नुहुन्छ । तर, बिहानको समय नितान्त आफ्नो लागि राख्नुहोस् ।’

लाउरा भान्देरकामले सफल र एकदमै व्यस्त व्यक्तिहरुको दैनिकी नियालेकी छिन् । उनले के पाएकी छिन् भने सफल र व्यस्त व्यक्तिहरुले बिहानको समय नितान्त आफ्नो लागि साँचेर राख्छन् । यस अवधीमा उनीहरु आफ्नो स्वास्थ्यका लागि समय खर्चन्छन् वा केही नयाँ सिक्नका लागि । कतिपयले भने परिवारका लागि खर्चन्छन् ।

उनी भन्छिन्, ‘यदि तपाईं केह ीगर्न चाहनुहुन्छ । तर, सयम पाइरहनुभएको छैन भने उक्त काम बिहानको समयमा पुरा गर्ने प्रयास गर्नुहोस् । बिहान चाडै उठेपछि राती चाडै सुत्ने अभ्यास गर्नुहोस् । टिभी हेर्नमा वा इन्टरनेट चलाउनमा रातीको समय बर्बाद नगर्नुहोस् ।’

अमेरिकाका मिशिगनस्थित अल्बियन कलेजकी एसोसिएट प्रोफेसर मारिके वीथ भन्छिन्, ‘जसरी बिहान चाडै उठ्नेहरुले समयको फाइदा उठाउन सक्छन्, त्यसैगरी राती अबेरसम्म बस्नेले पनि समयको फाइदा उठाउन सक्छन् ।’ उनले आफ्नो रिसर्चमा के पाए भने राती अबेरसम्म बस्ने व्यक्ति बिहानभन्दा बढी सिर्जनशिल हुन्छन् । त्यस समयको उनीहरुले भरपुर फाइदा उठाउन सक्छन् ।

फ्लोरिडा स्टेट युनिभिर्सिटीका प्रोफेसर राय बामिस्टर भन्छन् बिहान उठेर जो कोहीले आफ्नो जागिरका अप्ठ्यारा एवं समस्याहरु राम्ररी समाधान गर्न सक्छन् । उनका अनुसार बिहानको समय हाम्रो इच्छाशक्ति अरु बढी हुन्छ । दिनको समयमा यसमा कमी आउँछ । त्यसैले बिहान चाडै उठेर यो समयको भरपुर फाइदा लिन सकिन्छ ।बीबीसी हिन्दी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति