एफ ए कपको सेमिफाइनल ड्रमा सिटी र आर्सनल भिड्दै

काठमाडौं, १५ असार । एफए कप फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसिएसनले सेमिफाइनल समीकरण पुरा भएपछि ड्र सार्वजनिक गरेको हो ।

सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २–० ले हराएर सेमिफाइनलमा पुगेको हो । कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ ले हराएको थियो ।

गत सिजन सिटीले वाट्फोर्डलाई ६–० ले हराएर उपाधि जितेको थियो । यस्तै अर्को सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । चेल्सीले लेष्टर सिटीलाई १–० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २–१ ले हराएको थियो ।

सेमिफाइनल खेल जुलाई १८ र १९ मा वेम्बलीमा हुनेछ । फाइनल खेल अगष्ट १ मा वेम्बलीमै हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति