नेपालमा थप ४७६ जनामा कोरोना, सं‌क्रमितको संख्या १३ हजार २४८

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति