हेलम्बु एफएमको स्टेशनमा आक्रमण

मेलम्ची, १५ असार । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पु¥याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।

प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति