Nepal Page

९ असार २०७७, मंगलबार


विश्‍वमा कोरोना संक्रमितको संख्या ९१ लाख ८६ हजार नाघ्यो , मृत्यु हुने ४ लाख ७४ हजार २ सय बढी

काठमाडौं, ९ जेठ । विश्वमा हालसम्म ९१ लाख ८६ हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ७४ हजार २ सय ५८ जनाले ज्यान गुमाएका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख २१ हजार ४ सय ७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए। यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन्। अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड९१९ बाट मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ।

रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।

भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन्। जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति