Nepal Page

८ असार २०७७, सोमबार


भारतमा दिनप्रतिदिन संक्रमणदर बढ्दै : एकै दिन १५ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, ८ असार । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस भारतमा दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । आज एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ लाख २६ हजार ९१० पुगेको छ ।
यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति