Nepal Page

६ असार २०७७, शनिबार


गण्डकी प्रदेशमा थप ५८ जना संक्रमित : संक्रमितको संख्या ४३८

काठमाडौं, ६ असार । देशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । शनिवार  थप ५८ जना संक्रमण पुष्टि भएसँगै थपिएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ४३८ पुगेको हो ।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये एक महिला, एक बालिका र एक बालक छन भने बाँकी ५५ जना १६ वर्षदेखि ४७ वर्षसम्मका पुरूष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति