Nepal Page

५ असार २०७७, शुक्रबार


भारतमा ३ लाख ८१ भन्दा कोभिड संक्रमित, १२ हजार ६ सय बढीको मृत्यु

काठमाडौं, ५ असार । विश्वर भर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति