Nepal Page

३२ जेष्ठ २०७७, आइतबार


नेपालको नयाँ नक्सा : निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा

काठमाडौं । नेपालको संविधानको धारा ३ मा रहेको निशान छापलाई परिवर्तन गर्न सरकारले अघि सारेको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ ।
हाल प्रचलित निशान छापलाई परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको हो
संसद्को तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक सर्बसम्मतीले पारित गरेको छ।

शनिवार भएको मतदानमा विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खस्यो भने विपक्षमा कुनै मत खसेन।१२ जना सांससद विभिन्न कारणले अनुपस्थित रहेको ससद सचिवालयले जनाएको छ ।

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो।

त्यसस अघि सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको हो।

संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित हुनुपर्छ।त्यसपछि राष्ट्रपतिबाट लालमोहर लागेपछि पूर्णत कार्यान्वयन हुनेछ ।

माथिल्लो सदनबाट विधेयक पारित भएमा संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ।

नेपालको कुल क्षेत्रफल नै परिवर्तन भएको नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको भागमा लामो चुच्चो देखिन्छ।

शनिवार भएको मतदानमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले विधेयकलाई समर्थन गरेका हुन् ।

जनता समाजवादी पार्टीकी सांसद् सरिता गिरीले भने पार्टीको ह्वीपविरुद्ध विधेयकमा संशोधन दर्ता गराए पनि त्यसलाई सभामुखले खारेज गरिदिएका सिथए । सरिता गिरिले भने संसदको बैठक नै बहिस्कार गरेर बाहिरिएकी थिइन । उनलाई नव एकीकरण भएको जनता समाजवादी पार्टीले कार्वाही गर्ने चेतावनी दिएको थियो ।,

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले दर्ता गराएको प्रस्तावमा संसद्‍हरूले आफ्नो भनाइ राखेका थिए।

संसद्‌मा सम्बोधन गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसलाई भारतसँग नेपालले दुश्मनी गर्न खोजेको रूपमा नबुझ्न आग्रह गरेका थिए ।

प्रचण्डले भारतसँग सीमा विवाद एक पटक र सधैँका निम्ति समाधान गर्न खोजिएको भन्दै यो निर्णय भारतसँग दूरी बढाउन नगरिएको बताए।

ूभारतलाई अप्ठेरो पार्न एकता प्रदर्शन गरिएको होइन। हामीलाई थाहा छ अन्ततस् समाधान भनेको वार्ता र सम्वादबाटै हुने हो, प्रचण्डले भने । प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउने प्रक्रिया शुरु गरेको दावी गरे ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नक्सामा समेटिएको भूभाग नेपालको भन्ने स्पष्ट रहेको बताए।

उनले कूटनीतिक वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने विषयमा काङ्ग्रेसको समर्थन रहने बताए।

जनता समाजवादी पार्टीले नक्सासम्बन्धी संशोधनमा आफूहरूको समर्थन रहेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति