Nepal Page

३२ जेष्ठ २०७७, आइतबार


पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना बेपत्ता

काठमाडौं, ३२ जेठ ।  पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिबार रातिसम्म ३ जनाको मात्रै शव प्राप्त भएकोमा आइतबार बिहान थप २ जनाको शव भेटिएको स्थानीय गणेश गुरुङले बताउनुभयो ।
यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको प्रहरीले जनाएको छ । धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आएको स्थानियबासीले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति