Nepal Page

२९ जेष्ठ २०७७, बिहिबार


रौतहटमा एकैदिन ८१ जना कोरोना संक्रमित निको

रौतहट, २९ जेठ । बुधवार साँझ रौतहटबाट ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयबाट ६५ जना गौर नर्सिङ्ग इन्स्टिच्युटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बुधबार ८१ जना संक्रमित निको भएर घर फर्किएको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डा। कृष्ण साहले जानकारी दिनुभयो । कोरोना संक्रमण निको भएर घर फर्किनेहरु इशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका रहेको उहाले बताउनुभयो । हाल रौतहटको राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसान उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुष, चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति