Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


नीति तथा कार्यक्रममाथिको छलफल समाप्त

प्रदेश सरकारले यही जेठ २३ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सभासदहरुले यसमा उल्लेखित नीति तथा कार्यक्रममा जोड दिनुभएको छ ।

दुई सय २४ वटा बुँदामा समेटिएको नीति तथा कार्यक्रममा ३६ जनाभन्दा बढी सांसदले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले सरकारले कोरोना रोकथाम, उपचार एवं नियन्त्रणमा देखाएको सक्रियताले कोरोना उपचारमा यो प्रदेश सफल भएको बताउँदै धनकुटामा शिक्षण अस्पताल, मेची अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुपर्ने र प्रत्येक जिल्लामा सरुवा रोग उपचार अस्पतालको रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । जनता आवास कार्यक्रमलाई तीव्रता दिनुपर्ने, मुख्यमन्त्रीको नाममा रहेको योजनाहरुलाई समयमै सम्पन्न गर्न आवश्यक अनुगमन र पहल हुनुपर्ने, कोरोनाका कारण भविष्यमा पर्न सक्ने खाद्यान्न सङ्कटलाई पार लगाउन कृषिमा विविध योजना र कार्यक्रमहरु ल्याउनुपर्ने, उत्पादन बढाउन, रोजगार सिर्जना गर्न, बन्द उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउन सरकारले ठोस कदम चाल्नुपर्ने सभासदहरुको सुझाव रहेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा इन्द्रमणि पराजुली, ओमप्रकाश सरावगी, गोपालचन्द्र बुढाथोकी, चन्द्रप्रसाद श्रेष्ठ, चुमनारायण तवदार, जयराम यादव, झलकबहादुर मगर, तेजमान कन्दङ्वा, पदमकुमारी गुरुङ, वसन्तीदेवी यादव, विद्यानन्दञ चौधरी, वीणादेवी राई, रामकुमार राई, रामचन्द्र लिम्बू, लोकप्रसाद सङ्ग्रौला, शिवनारायण गनगार्इं, सन्ध्याकुमार दनुवार र हीराकुमार थापाले बोल्नुभएको थियो । यसैबीच आजको बैठकको शून्य समयमा बोल्नुहुने सभासदहरुले कोरोना उपचारमा सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, मुलुक बाहिरबाट आउने नेपाली नागरिकलाई प्रवेश विन्दुमै उचित परीक्षणको व्यवस्था गर्नुपर्ने र सरकारले बनाइएको क्वारेन्टिनलाई व्यवस्थित बनाउनुपर्ने माग गर्नुभयो ।

सभासदहरु अर्जुन राई, उत्तमकुमार बस्नेत, उपेन्द्रप्रसाद घिमिरे, काजीमान कागते, कुसुमकुमारी श्रेष्ठ, पूर्णप्रसाद राजवंशी, मोहम्मद ताहिर मियाँ, राधा थापा, सूयर्माराज राई, हिमाल कार्की र होमकुमारी साँवाले शून्य समयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति