Nepal Page

२५ जेष्ठ २०७७, आइतबार


गण्डकीमा ३८ संक्रमित थपिए


पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितका संख्या ११३ पुगेको छ । कोरोना संक्रमण देखिएका जिल्लाहरु शनिबार साँझसम्मको तथ्या‌ंकअनुसार ७० जिल्लामा संक्रमण फैलिइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् । यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदबिन्दु शर्माले संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति