Nepal Page

२४ जेष्ठ २०७७, शनिबार


बारामा २२ जना कोरोना भाइरसमुक्त भएर घर फर्किए

काठमाडौं, २४ जेठ । बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचाररत २२ जना संक्रमण मुक्त भएर शुक्रबार राति ८ बजे घर गएका हुन् । यो सगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

कोरोना भाइरसकालाई जितेर डिस्चार्ज हुनेहरूमा पचारौता नगरपालिका १० जना, सिम्रौनगढ नगरपालिकाका ६ जना, महागढीमाई नगरपालिकाका चारजना र बारागढी गाउँपालिकाका एकजना रहेका छन ।

यस्तै घर फर्किनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी पनि रहेको जनाइएको छ । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति