Nepal Page

२४ जेष्ठ २०७७, शनिबार


लकडाउनमा पनि उद्योगमा भित्रीदै विदेशी लगानी, १५ उद्योगमा २ अर्ब ७४ करोड भित्रियो


काठमाडौं, २४ जेठ । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा रु दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागबाट ११ उद्योगमा रु ९२ करोड ७० लाख विदेशी लगानी र चार नयाँ उद्योगमा रु एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट सात उद्योगमा रु ७२ करोड ७० लाख तथा भारत, दक्षिण कोरिया, नेदरल्याण्डस र मलेसियाबाट पाँचपाँच करोड भित्रिएका छन् ।

उहाँका अनुसार मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको काममा सहयोग गर्न उद्योगमन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं सम्बन्धित क्षेत्रका विज्ञ रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरिएको छ ।

मञ्चलाई प्रचलित कानूनद्वारा बोर्डलाई तोकिएका कार्यका अतिरिक्त छिमेकी मुलुकको उद्योग तथा लगानीसम्बन्धी व्यवस्थाको अध्ययन गरी सिफारिस गर्ने एवं उद्योग तथा लगानी प्रवद्र्धनमा देखिएका क्षेत्रगत, प्रक्रियागत, प्रविधिगत सुधारका विषय, उद्योग र लगानी प्रवद्र्धनका लागि अर्थतन्त्रमा गर्नुपर्ने सुधार, रोजगारी अभिवृद्धि, उद्योग तथा लगानीको वातावरणीय पक्ष, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानीसम्बन्धी विषयमा बोर्डलाई आवश्यक परामर्श तथा सुझाव दिन कार्यदिशा तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति