ट्रान्समिसन लाइन जस्केलाबाट होइन मूलढोकाबाट आएको हो – प्रधानमन्त्री

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रान्समिसन लाइन जस्केलाबाट होइन मूलढोकाबाट आएको बताउनु भएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सिफेंदी–रातमाटेदमौली–बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली उक्त परियोजना जसरी पनि निमार्ण गरिने बताउनुभयो । ‘नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा भएको उक्त परियोजनाबारे केही माननीयहरूले एमसिसी जस्केलाबाट छिर्‍यो भन्नुभएको रै’छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ,‘यो परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो। एमसिसीले बनाए बनाउँछ अरू कसैले बनाए पनि बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं।’

उहाले नेपालमा धेरै बिजुली उत्पादन गरिरहेका र बंगलादेशलाई समेत बेच्ने योजना बनाइरहेकाले बिजुली ट्रक–रेल– पानीजहाजमा बेच्न नमिल्ने भएकाले प्रसारण लाइन बनाउन लागिएको जानकारी गराउनुभयो । यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले एमसिसी परियोजनामा उल्लेखित भएको लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सीफेंदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नीति तथा कार्यक्रममा परेको भन्दै जस्केलाबाट एमसिसी पसाउन खोजेको त होइन भन्दै प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने एमसिसी पास गर्ने कि नगर्ने जिम्मा संसदलाई भएको समेत बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति