कोरोनाबाट जोगिन अमेरिकी राष्ट्रपति घातक साइड इफेक्ट देखाउन सक्ने मलेरिया विरुद्धको औषधि सेवन गर्दै


काठमाडौं, ६ जेठ । सोमबार पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि मलेरियाको औषधि सेवन गरिरहेको बताएका छन्।

आफ्नै सरकारले समेत यस प्रकारको गतिविधि घातक हुनसक्ने चेतावनी दिदैं आएको अवस्थामा ट्रम्पले यस्तो खुलासा गरेका हुन्।

ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा सेवन गरिरहेको बताए।

प्रशासनका धेरै शीर्ष चिकित्सकहरुको सर्तकता पछि पनि ट्रम्पले कोरोना भाइरसको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेका छन्।

ती औषधिले केही बिरामीहरूमा साइड इफेक्ट देखिने सम्भावना रहेको छ भने यसमा कोरोना भाइरससँग लड्न सक्छ भन्ने पुष्टि भएको छैन।

ट्रम्पले आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको बताएका छन्। तर उनले ती व्हाइट हाउसका चिकित्सकबाट अनुरोध गरेर लिएका हुन्।

ुमैले यो औषधि सेवन गर्न थाले किनभने मलाई लाग्छ यो राम्रो छ। मैले धेरै राम्रा कुराहरू पनि सुनेको छुु, ट्रम्पले साइड इफेक्टको रिपोर्टलाई खारेज गर्दै भने, म यति मात्र भन्न सक्छु कि म अहिलेसम्म ठीक छु।

ट्रम्पले बारम्बार एन्टिबायोटिक एजिथ्रोमाइसिन भएको वा यसको मात्रा नभएको भएपनि औषधिको प्रयोगमा जोड दिदैं आएका छन्। तर कुनै पनि अध्ययनले यस प्रकारको औषधिले कोरोना भाइरस रोकथाम वा उपचार गर्न सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेको छैन।

खाद्यान्य तथा औषधि प्रशासनले गत महिना मात्र यस प्रकारको औषधिले घातक साइड इफेक्ट देखाउन सक्ने हुनाले यसको प्रयोगमा सावधान हुन भन्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति