भारतबाट कर्णाली प्रदेशमा प्रवेश गर्यो कोरोना, दैलेखका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि

 

सुर्खेत, ५ जेठ– भारतबाट फर्किएका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

दैलेख आठबीसकोट नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिनुभयो ।

सुर्खेतमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको र पुनः परीक्षणका लागि स्वाब संकलन गरी नेपालगञ्जस्थित प्रयोगशाला पठाइएको र नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक खड्काले जानकारी दिनुभयो । कर्णालीमा कोरोना देखिएको यो पहिलोपटक हो । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सिल गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति