लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित

काठमाडौं ,५ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

हिजो आइतवार मन्त्रिपरिषद्को बैठकमा भूमी व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा मन्त्री पद्मा अर्यालले प्रस्ताव गर्नुभएको थियो । मन्त्रिपरिषदले उक्त नक्सा नेपालको आधिकारीक भएको भन्दै पारित गरेपछि गरेको हो । उच्च स्रोतका अनुसार  मन्त्रिपरिषद्को बैठकमा नै भूमी व्यवस्था मन्त्रालयले उक्त नक्सा प्रस्ताव गरी जारी गर्ने तयारी छ । भारत सरकारले गत बर्ष विवादीत नक्सा जारी गरेपछि नेपालले वार्तामार्फत त्यसको समाधान खोजेको थियो ।
तर, भारत सरकारले वास्ता गर्नुको साटो उक्त क्षेत्रमा सडक नै खनेपछि सर्वत्र विरोध भएपछि नेपाल सरकारले पनि नयाँ नक्सा जारी गर्न लागेको हो ।अब जारी हुने नक्सा नै नेपालको राजनीतिक तथा प्रशासनिक हुने निर्णयसहित सरकार अघि बढ्न लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति