गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल


काठमाडौं, ५ जेठ ।  उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ ।

यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएका उहाँको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिनुभयो ।

जन्डिस भएर उपचारको लागि रुपन्देही आएका उनलाई पहिलो दिन आईसीयूमा राखिएको थियो । दोस्रो दिन भेन्टिलेरमा राखिएको स्रोतले जनाएको छ ।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उहाँले बताउनुभयो । मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आउनुभएका उहाँमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आउनुभएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति