अवैध सम्बन्ध खुलेपछि औषधि व्यवसायीको हत्या


विराटनगर, ५ जेठ ।  विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलासा भएको छ ।

३३ वर्षीय दुलालको आइतबार राति आफ्नै घरमा सुतिरहेका बेला हत्या भएको थियो । प्रहरीले हत्यामा मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल र उनका प्रेमी ब्रह्मदेव साहलाई पक्राउ गरेको छ । सुनसरी खनारका स्थायी बासिन्दा दुलालले विराटनगर महानगरपालिका– १० मधुमारामा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार श्रीमती र उनी छुट्टै कोठामा सुतेका बेला शनिबार राति सुतिरहेकै ठाउँमा डोरीले घाँटी बेरेर हत्या गरिएको हो । मिनासँगै पक्राउ परेका साह दुलालकै मेडिकलमा काम गर्ने पूर्वकर्मचारी हुन् । श्रीमती र साहबीचको अवैध सम्बन्ध थाहा पाएपछि दुलाल दम्पत्तिबीच झगडा भएको थियो ।

अर्का युवकसँगको अवैध सम्बन्ध थाहा पाएपछि श्रमतीकै योजनामा हत्या भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । मिनाले भने राति उठेर हेर्दा अचेत अवस्थामा भेटिएपछि एम्बुलेन्स बोलाएर अस्पताल लगेको जिकिर गरेकी छन्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति