थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

 

काठमाडौं, ३ जेठ ।   नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ।

मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति