अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, १४ लाख ८४ हजार संक्रमित

काठमाडौं, ३ जेठ । विश्भर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ५०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ६९१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८४ हजार २८४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख २६ हजार २४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ६९ हजार ९३६ जनामध्ये १६ हजार ३८जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति