नेपाल अवको १० वर्षभित्र मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा

काठमाडौं, २ जेठ । सरकारले अबको १० वर्षभित्रै मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ । संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७ साल अगाबै मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यमा सरकार दृढ रहेको बताउनु भएको हो ।

सम्बोधनका क्रममा उहाले ‘सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंत्तिमा र विक्रम संबत् २०९९ सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरु अघि बढाइएको छ ।’भन्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति