नेपालीको आकांक्षा पूरा गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध – राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको आवश्‍यक्ता जीवनरक्षाको भएको बताउनु भएको छ । शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

समृद्ध नेपाल सुखी नेपालीको नारा बनाएर अघि बढेको वर्तमान सरकारको तेस्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले समाज समृद्ध फेरि पनि हुनसक्ने बताउनुभयो । उहाले गुमेको मानव जीवन नफर्कने भन्दै मानव जातिको संरक्षण नै अहिलेको आवश्‍यकता रहेको समेत बताउनुभयो ।

नेपाल सरकारले कोरोना भाइरस फैलावट रोक्नको लागि स्पष्ट रणनीति लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।  उहाले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । सरकारको दृष्टिकोण र लक्ष्य स्पष्ट रहेको समेत उहाले दावी गर्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति