अब कसरी

गजल

अर्काको जमिनलाई आफ्नो ठानि अब कसरी  ।
टाढा भनौ हामि चिनजानि अब कसरी ।।

एकएक गरी दिन प्रतिदिन कोरोना भित्रयो ।
हेरौ न त्यसको पनि निगरानी अब कसरी ।।

केहि बिकास होला कि भनि भोट हालि जितायौ ।
तिनैले नै गर्छन् आफ्नो मनोमानी अब कसरी ।।

आज कलम समाउने हातले भोलि हतियार समाउनु छ ।
मार्नु पर्छ देस समितिलाई अब कसरी ।।

बेचे पछि पनि आफ्नो हो भनि भाषण गर्नु ।
जसरी नि चाँहिन्छ कालापानी अब कसरी ।।

  बविता थापा, दैलेख

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति