अमेरिकामा कोरोना भाइरसले १४ लाख ५७ हजार संक्रमित, मृतक संख्या ८६ हजार नाघ्यो

काठमाडौं, २ बैशाख ।   ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५७ हजार ६१७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ५२ हजार २० जनामध्ये १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति