नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने

काठमाडौं, २ बैशाख ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान साढे ८ बजे बस्ने भएको हो ।
सरकारले आज दिउसो निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तयारी र एजेण्डा तय गर्न बैठक बस्न लागेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति