६ वर्षीया बालिकालाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं, १ जेठ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारमा संलग्नलाई क्वारेन्टाईनमा राखिएको हो ।
उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाईनमा राखिएको छ।

उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिएका दिनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति