स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटि, संक्रमित २४५ मात्र

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्याबारेको त्रुटि सच्याएको छ। बिहीबार बिहान ७:४५ बजे मन्त्रालयले विज्ञप्ति जारी गरी कपिलबस्तु, काठमाडौं, धनुषा, महोत्तरी र सर्लाहीमा ७ जना नयाँ कोरोना संक्रमित भेटिएको उल्लेख गरेको थियो।

धनुषा, महोत्तरी र सर्लाहीका पाँचजना कोरोना संक्रमित गत मंगलबार राति नै मन्त्रालयले पुष्टि गरिसकेको हो। सोही संख्या पुनः दोहोरिँदा त्रुटि हुन पुगेको मन्त्रालयले दोस्रो विज्ञप्तिमा जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति