निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा दार्चुलाको छाङरुमा बीओपी स्थापना (फोटोफिचर)

काठमाडौँ, ३१ बैशाख । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका–१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।

बीओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई–१७ हेलिकप्टर खलंगाबाट थाङरु गएको थियो । थाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो । बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ । बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ । चिसोका कारण सितापुलमा रहेको प्रहरी टोली खलंगा झरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति