नेकपाले बुधवारका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, ३० बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको हो । वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो । यसअघि वैशाख २५ गतेका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकपछि अनिश्चित बनेको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति