ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले प्रहरी गुहारे

खजुरा, २९ बैशाख । कोरोना भाइरसको संक्रमणको बिरुद्ध जुधिरहेका बांकेको एक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा त्रास फैलिएको छ । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् ।
गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् । कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हात खुट्टा भांच्ने सम्मको गालीगलौज गरेको र भाट सहित वारिस खान र अस्लम भाट समेत कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।
कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्कीदिनेहरुमाथि कानुनी कारवाहि गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेकाछन् । ज्यानको सुरक्षा र काम गर्ने वाताबरणको माग गर्दै कर्मचारीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धनौलीमा निबेदन दर्ता गराएकाछन्
स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएको स्वास्थ्य चौकी ईन्चार्ज पौडेलले बताए ।
बैशाख २६ गते प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाव संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति